काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नतिजाअनुसार जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थीको संख्या ३१ हजार २ सय ९ रहेको छ ।
यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ६८ हजार २ सय ५६ रहेको छ ।
नतिजाअनुसार २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८ सय ७४ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने विद्यार्थी ४१ हजार १ सय ७७ रहेका छन् । यस्तै जीपीए २.०० देखि २.४० ल्याउने २ हजार ९ सय ५० विद्यार्थी रहेका छन् ।
यस्तै जीपीए १.६० देखि २.० ल्याउने विद्यार्थी भने जम्मा ६ जना रहेका छन् ।
परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भए ।
