शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एसईईको नतिजा सार्वजनिक हुँदै

बिहिबार, असार १३ २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बिहान सार्वजनिक गर्ने भएको छ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी छ ।

बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो ।  केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो ।

नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ ।

एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।