बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एकीकृत समाजवादीको अध्यक्षमा झलनाथको समर्थन घनश्यामलाई

बुधबार, असार १२ २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा हाल महासचिव रहेका घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन्।

यता अध्यक्ष माधवकुमार नेपालले पनि पुनः नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन्। अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका बेला खनालले महासचिव भूसाललाई अगाडि सारेपछि समाजवादीको नेतृत्व चयन रोचक हुने देखिएको छ ।

चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।