शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा दोहारो अंकले गिरावट

झण्डै १२ अंकले घट्दा चार अर्ब पाँच करोडको सेयर

बुधबार, असार १२ २०८१

काठमाडौं । नेप्सेमा दोहोरो अंंकले गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव ६० अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ११ दशमलव ६० अंकले घटेर दुई हजार ६० दशमलव १६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नैं सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २७ अंकले घटेर तीन सय ६२ दशमलव ७४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ५४ हजार सात सय ९३ पटकको कारोबारमा ८७ लाख २७ हजार एक सय ६४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब पाँच करोड ८० लाख ४७ हजार सात सय ३४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक ११ दशमलव ३३ अंकले बढेर २४ सय ७८ दशमलव ७३ अ्रंकमा चढेकोमा सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैक समुहको सुचक भने सात दशमलव शुन्य पाँच अंकले घटेर एक हजार ७४ दशमलव ४३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४२ दशमलव ४० अंकले घटेर चार हजार ४७ दशमलव ६१ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ३५ अंकले घटेर २५ सय ९५ दशमलव १७ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ५३ अंकले घटेर नौं हजार नौं सय १७ दशमलव ३३ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ७१ अंकले घटेर १० हजार चार सय ९१ दशमलव २९ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साधना लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल फाईनान्स लिमिटेड परेको छ।