काठमाडौं । पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले पोखरेललाई एआइजी बढुवामा सिफारिस गरेको हो।
उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको स्रोतले बतायो ।