काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुन सक्ने जानकारी दिएको छ । त्यस्तै देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।
अहिले कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै गण्डकी र लुम्बिनी एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
आगामी २४ घण्टामा देशका केही भागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मंगलबार देशभर बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुनसक्ने महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै बुधबार देशभर बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।