बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रथम नेपाल आँप फेस्ट २०८१ को तयारी पुरा

शुक्रबार, असार ७ २०८१

काठमाडौं । ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाओं’नाराका साथ प्रथम नेपाल ऑप फेस्ट २०१ को तयारी पूरा भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा उक्त फेस्ट आयोजना गर्न लागेको हो। प्रतिक्षित नेपाल आँप फेस्ट २०१, असार ७, ८ र ९ गते काठमाडांमा आयोजना गरिने छ । सर्लाही, सप्तरी र सिराहाका ५० किसानहरुबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरु यो मेलामा प्रदर्शनी गरिनेछ।

यो फेस्टमा माल्दा, जर्दा, बम्ब, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् । सबै ऑपहरू सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्याइनेछ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरु मात्र उपलब्ध हुनेछन्, जसले विषादीको जोखिमबाट उपभोक्ताहरूलाई जोगाउनेछ । ऑप फेस्टमा ग्राहकहरुले आँपको स्वाद चाखेर ५ र २० किलोको बक्समा ऑप किन्न पाउने व्यवस्था मिलाइएको छ । फेस्टको प्रमुख उद्देश्य भनेको नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्याउनु हो।

फेस्टको उद्घाटन समारोह असार ७ गते वालनट बिस्ट्रो पानीपोखरीमा हुनेछ । काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन न आँप र ऑपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरिनेछ । फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टलहरु रहनेछन्, जहाँ ग्राहकहरुले आँपका विभिन्न उत्पादनहरू जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका वस्तुहरू पनि पाउन सक्नेछन्।

नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ । नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतबाट आँप आयात गर्न बाध्य छौं । विषादी प्रयोग गरिएका महँगा ऑपलरू उपभोग गर्नुको सट्टा. यस फेस्टले नेपाली आँपको बारेमा जानकारी प्रदान गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

ऑप फेस्टको दोस्रो दिन शनिवार उत्पला क्याफेमा भव्य कार्यक्रम हुनेछ । जसमा ३५ सय जना आगन्तुकहरुको सहभागिता हुने अपेक्षा गरिएको छ । तीन दिनको अवधिमा २५ देखि ३० टन ऑप विक्री गर्ने लक्ष्य राखिएको छ । फेस्टमा म्याङ्गो इटिङ कम्पिटिस’ जस्ता रमाइलो कार्यक्रमहरू पनि समावेश गरिएका छन्।

किसान भेन्चर र काठमाडौँ अर्गानिक्सले कृषकहरुको उत्पादनलाई बढावा दिन कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । हाम्रो लक्ष्य स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कृषकहरुको जीवनस्तर सुधार गर्नु हो।