बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भोलि इरान जादैँ परराष्ट्रमन्त्री श्रेष्ठ

शुक्रबार, असार ७ २०८१

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जान भएका छन्। उनी भोलि त्यसतर्फ जाने कार्यक्रम रहको छ।

श्रेष्ठ तेहरानमा हुन लागेको एसिया सहयोग संवाद (एसिडी) सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको १९ औं बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।

सोमबार हुने विदेशमन्त्रीस्तरीय बैठकअघि आइतबार सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरुको बैठक राखिएको छ । उक्त बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव ज्ञानबहादुर मगरले पनि भाग लिने बुझिएको छ ।