बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

१० अंकले घट्दा तीन अर्ब ८७ करोडको सेयर किनबेच

बिहिबार, असार ६ २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन दुई दशमलव २७ अंकले बढेको नेप्से आज भने १० दशमलव ४४ अंकले घटेर दुई हजार ६८ दशमलव ३१ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६९ अंकले घटेर तीन सय ६५ दशमलव शुन्य पाँच अंकमा झरेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ५३ हजार १७ पटकको कारोबारमा ८६ लाख ६३ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८७ करोड सात लाख ४४ हजार ३४ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक ४२ दशमलव शुन्य दुई अंकले बढेर २३ सय ४० दशमलव ७६ अंकमा पुगेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य दुई अंकले बढेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ८० अंकले घटेर एक हजार ९४ दशमलव २३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३४ दशमलव ६१ अंकले घटेर चार हजार १७ दशमलव ९९ अंकमा झरेको छ । जलविधुत समुहको सुचक पनि १५ दशमलव २१ अंकले घटेर २५ सय ७६ दशमलव ७४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ८२ अंकले घटेर नौं हजार नौं सय ९६ दशमलव ८९ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३३ दशमलव शुन्य पाँच अंकले घटेर १० हजार पाँच सय ७४ दशमलव ८२ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने कुथेली बुखारी स्मल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने माउन्टेन इर्नर्जी नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ।