काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा बा.प्र०२–०१९प ६४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२१बस्ने ३५ वर्षीय रामकृष्ण परियारको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाटबुधबार राति गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमालिएको छ।
सर्लाहीको बाग्मती नगरपालिका–१रायमाजही चोकमाएनएल ०१ ए एच ९२५२ नम्बरको ट्रकमा लु.१ ख२८४८ नम्बरको बसठक्करखाई बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका उनीहरूको नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १७ जनाकोविभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल फरार दुवै सवारी साधनका चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।