शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सांसदहरूले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छः स्वास्थ्यमन्त्री यादव

बुधबार, असार ५ २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा संसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनशक्ति थप गर्नका लागि आफूले अर्थ मन्त्रालयमा दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) को कामलाई अघि बढाएको बताएका हुन् । मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरूको दबाब आवश्यक रहेको पनि बताए ।

“मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ । र त्यसको लागि प्रक्रियाहरु अगाडि बढाएका छौं । अर्थ मन्त्रालयलाई ओएनएमका लागि हामीले प्रक्रिया अघि बढाई सकेका छौं । मलाई लाग्छ–माननीयजीहरूको दबाब र समग्र माननीयजीहरूको चाहना अनुरुप यो प्रक्रिया सरकारले अगाडि बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।”

मन्त्री यादवले सरकारी अस्पतालहरूमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाईका साथ अघि बढाएको दाबी समेत गरे ।