काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ : १५ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।
प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेकाे उनले जानकारी दिए ।
उनी संघीय संसद भवनको पश्चिम पट्टिको २ नम्बर गेटमा सुरक्षार्थ हतियार सहित ६ देखि १० बजेको ड्युटीमा खटिएका थिए ।
नेपाल प्रहरी केन्द्रिय बिशेष कार्यदल कपन दरबन्दी भएका उनी संघीय संसद सुरक्षा वेस नयाबानेश्वरमा कार्यरत थिए ।
जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं ४ घर भएका २२ वर्षिय अजित गोलेले संसद भवनको बाँयापट्टी रहेको शौचालयमा गएको बेला आफुले बोकेको ईन्सास राईफलद्वारा आफ्नै निधारमा फायर गरेको प्रहरीको प्रारम्भीक निष्कर्ष छ ।
घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।