शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

शुक्रबार, जेष्ठ ३२ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।

‘केही समय पहिले गृहमन्त्रीले कांग्रेसका नेताहरूप्रति लाञ्छनायुक्त अभिव्यक्ति दिनुभएको थियो । यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने हामीले माग गरेका छौं । प्रधानमन्त्री धेरै दिनदेखि संसद्‌मा आउनु भएको छैन । तयारी चलिरहेर हो कि ? जवाफ दिन डराएर सदनबाट भाग्नुभएको हो ?,’ लेखकले प्रश्न गरे ।

जेठ ६ गते संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट संसद्‌मा रहेको बताएका थिए ।
कांग्रेसले सरकार प्रमुख र राष्ट्र प्रमुखले विदेश भ्रमण गर्दा संसद्लाई जानकारी गराउने स्थापित परम्परालाई अहिले तोडिनु संसदीय सर्वोच्चताको अपमान भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा प्रधानमन्त्री सहभागी हुनुभयो, धन्यवाद छ । सबै कुरा गर्दा हाम्रै सदनलाई बिर्सनु भयो कि रु हाम्रो संसदीय अभ्यास र परम्परा छ । कुनै पनि मित्रराष्ट्र भ्रमणमा जानुभन्दा पहिला जानकारी गराउने गरिएको थियो,’ लेखकले भने, ‘फर्केर आउनु भएको ५ दिन पूरा हुँदा समेत यो सदन बेखबर छ । कांग्रेस संयमतापूर्वक र धैर्यतापूर्वक कुरेर बसेका थियो ।’