शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

नेपाल प्रहरीका ७ एसपीको सरुवा, को कहाँ ?

शुक्रबार, जेष्ठ ३२ २०८१

काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे जिम्मा काजीबहादुर आचार्यले पाएका छन् ।

उनी यसअघि जिप्रका पश्चिम नवलपरासीमा थिए । सो स्थानमा मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई पठाएको छ ।

मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालय कार्यपरिचालन शाखामा थिए ।

अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ ।

यस्तै मधेश प्रदेश प्रहरी गण जनकपुरमा रहेका हरिहरनाथ योगीलाई बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ भने मधेश प्रदेश प्रहरी गणमा नारायण रञ्जितकार गएका छन्, उनी नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत थिए ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको छ ।