हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ रमनटारस्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने बर्ष ४७ को दिल बहादुर टन्डन क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार मनहरीबाट चितवनतर्फ जादै गरेको ना ७ ख ८४४९ नम्बरको टिफरले हेटौंडाबाट चितवनतर्फ जादै गरेको बा प्र०२–०३० प १६३१ नम्बरकोे स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक क्षेत्री घाइते भएका थिए । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।
टिपर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने बर्ष ४० को विरबहादुर कुमाल प्रहरी नियन्त्रणमा छन् ।