शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

सोमबार, जेष्ठ २८ २०८१

काठमाडौं । टी-२० विश्वकपका नेपालले खेल्ने पछिल्ला दुई खेल खेल्न क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।

वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता हुने छ ।

उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका उनी वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएको क्यान स्रोतले बतायो । अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् ।

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्दै छ । त्यसपछि नेपाल दुई खेल खेल्न वेस्ट इन्डिजतर्फ लाग्नेछ ।

वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।
यसैबीच वेस्ट इन्डिज पुगेर सन्दीपले सबैलाई धन्यवाद दिएका छन् ।

विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले सामाजिक सञ्जालमार्फत क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।