शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

चार वटा संसदीय समितिको बैठक बस्दै

सोमबार, जेष्ठ २८ २०८१

काठमाडौं । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौती का सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हालसम्मको बेरुजु, बेरुजु फछ्र्यौटको अवस्था, समस्या र समाधान लगायतका विषयमा अर्थ मन्त्रालय र कुमारी चोक त्था केन्द्रिय तहसिल कायाृलयसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल हुनेछ ।