शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

नेपाली सेनाका सिपाही हरिचन्द्रले राखे पाँचौ पटक गिनिज वर्ल्ड रेकर्ड

शनिबार, जेष्ठ २६ २०८१

काठमाडौँ । नेपाली सेनाका सिपाही हरिचन्द्र गिरीले पाँचौं गिनिज बुक अफ रेकर्ड राखेका छन् ।

गिरीले पाँचौ पटक ‘मस्ट स्किप्स अन अपराइट टायर इन वान मिनट–२०२४’ शीर्षकमा विश्व रेकर्ड राखेका हुन् ।

सेनामा ११ औँ वर्षमा सेवा गरिरहेका गिरीले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मिनेटमा १२० पटक स्किपिङ खेलेर रेकर्ड बनाउन सफल भएका हुन् ।

दाङको राप्ती गाउँपालिका–४ का स्थानीय गिरीले यसअघि चारवटा विश्व कीर्तिमान राखेका थिए ।

यसअघि हातले टेकेर भर्‍याङको ५० खुड्किला १२ दशमलव ६५ सेकेन्डमा पुरा गरेर उनले स्विट्जरल्याण्डका केभिन डेलकोको नाममा रहेको रेकर्ड ब्रेक गरे ।

२०२२ मा उनले आफ्नो खुट्टाको बिचमा फुटबल च्यापेर हातले टेकेर सबैभन्दा छिटो ५० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाए ।

गिरीले आफ्नो खुट्टाबिचको फुटबलको साथ हातले सबैभन्दा छिटो १० मिटर हिँडेर कीर्तिमान कायम गरेका थिए ।

बुवा शालिकराम गिरी र आमा गोमा गिरीको कोखबाट जन्मिएका हरिले अब पाँचाै‌ रेकर्डका लागि टायरमाथि एक मिनेटमा १२२ पटक ‘स्किपिङ’ खेलेर विश्व कीर्तिमान राखेका हुन् ।

हिमालयन रोडिसको सिजन ४ मा समेत सहभागि भएका गिरीलाई नेपाली सेनाका महासेनानी अच्युतम भण्डारीले सेनाको खेलकुद केन्द्रमा ल्याएर उनको प्रतिभालाई निखार्न एउटा जिम्मेवार संगठनले खेल्नुपर्ने भूमिकालाई पूरा गरेका थिए ।

नेपाली सेना जस्तो गौरवमय इतिहास भएको संगठनका असल एवं असाधारण शक्ति र सन्तुलन रहेका गिरीले संगठन कार्यरत रहेकै अवस्थामा पनि मुलुकलाई विश्वमाझ चिनाउन सकिने उदाहरण पेश गरेका छन् ।