शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा नेपालको खेल प्रत्यक्ष प्रसारण गर्दै काठमाडौं महानगर

मंगलबार, जेष्ठ २२ २०८१

काठमाडौं। काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालको खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

नेपाली समयअनुसार आज (मंगलबार) राती सवा नौ बजेदेखी सुरु हुने खेल ठूला एलईडी स्क्रीनमा प्रत्यक्ष हेर्न पाइने व्यवस्था मिलाउन महानगरले अग्रसरता लिएको हो ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको नगरप्रमुख सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए । यी तीन स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति समेत हुनेछ ।