काठमाडौं । प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले टि–२० विश्वकप खेल्ने टोलिलाई शुभकामना दिएका छन्। प्रधानमन्त्रिले विश्वकपमा नेपाली टोलिलाई उत्कृष्ठ प्रदर्शनका लागि सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्।
प्रधानमन्त्रिले सामाजिक सञ्जालमा लेखेका छन, ‘विश्वकपमा नेपाल, एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।’
नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९:१५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
