काठमाडौं । न्यूरोडमा महानगरले भत्काएको सडक टाल्न पुगेका सडक विभागका मजदुर र रोक्न मेयर बालेन शाहका समर्थक बीच वादविवाद भएको छ ।
बालेनका समर्थकले सडक टाल्ने काममा अवरोध गरेपछि विवाद सिर्जना भएको हो । काठमाडौं महानगरका प्रहरी पनि त्यहाँ आइपुगेका छन् ।
सडक विभागका प्रतिनिधि र महानगरका प्रहरीबीच पनि विवाद भएको छ ।
फुटपाथ बढाउन भन्दै महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच टकराव बढेको छ ।