काठमाडौं । ब्रेक सुमार्फत ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई पक्राउ गरेको हो ।
कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् ।
राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट सुनसहितको ब्रेक सु बरामद गरेको थियो ।
ब्युरोले त्यतिबेला अनुसन्धान सकेर अदालतमा मुद्दा दायर भएपनि सुन तस्करी जाँचबुझ आयोगले कमजोरी औँल्याउँदै पुन अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।