काठमाडौं । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर लामा (सीबी लामा) लाई प्रहरीले पक्राउ गरेको छ ।
कान्तिपुर सहकारीको करिब दुई अर्ब रकम अपचलन गरेको आरोपमा फरार रहेका लामालाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार चितवनबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार लामालाई काठमाडौं ल्याइँदै छ । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ पसिकेका छन्।
२०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो। कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरुविरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन्।