कालीकोट । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
बिहिवार बिहान सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जीप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि कालीकोटको खाँडाचक नगरपालिका वडा नम्बर-७ का २५ वर्षीय नरेन्द्र बिष्ट र शुभकालिका गाउँपालिका वडा नम्बर- ३ कि २८ वर्षीया नारी बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट ३ सय मिटर तल खसेको छ । जीप बिहीबार बिहान तीनबजे दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा पाएपछि यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
जीपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । के कति कारणले दुर्घटना भएको हो भन्ने यकिन विवरण भने आउन सकेको छैन ।