शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

गृहमन्त्री रवि लामिछानेको मुद्दामा सुनुवाई स्थगित

बुधबार, जेष्ठ १६ २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।

निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।

लामिछानेलाई पदबाट निलम्बन गर्न माग र्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सहकारी ठगी प्रकरणमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयलाई दुरूपयोग गरेको उनले उल्लेख गरेका छन् ।

उनले सहकारी ठगीमा लामिछानेलाई बिना छानबिन क्लिन चिट दिएको भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाएका छन् ।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।

रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने भएकाले अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ ।