शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी

मंगलबार, जेष्ठ १५ २०८१

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याएर औपचारिकता दिन कार्यदलको बैठक सुरु भएको छ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै टीओआरलाई आज अन्तिम रूप दिन लागिएको हो । कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउने छन् ।

सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । कांग्रेसले आफ्नो पार्टीबाट तीन बजेभित्रमा समितिमा रहने सदस्यको नाम दिइसक्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् ।

प्रमुख दलहरुबीच समितिमा नेपाली कांग्रेस र एमालेबाट २–२ जना, माओवादी केन्द्र, राप्रपा र रास्वपाबाट एक–एक जना सदस्य रहने गरि ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।

समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।