काठमाडौं । प्रमुख प्रतिपक्ष दी नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
आज बिहान बालुवाटारमा बसेको बैठकपश्चात कांग्रेसले सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ नेतालाई दिउँसो १ बजे छलफलका लागि बोलाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
उनका अनुसार आज बालुवाटारमा भएको छलफलका विषय र टीओआरका बारेमा पार्टीभित्र छलफल हुनेछ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।
कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिंदै आएको छ ।