चितवन । नारायणगढमुग्लिन सडक खण्डको तुइन खोला नजिक पहिरो खसेर मेसिन अपरेटरको मृत्यु भएको छ ।
नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।
पहिराले मेसिनमा पनि क्षति पुगेको छ । पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।
घटनाको बारेमा बुझ्न नारायणगढ-मुग्लिन सडक आयोजनाका अधिकारीहरु घटनास्थल पुगेका छन् ।