काठमाडौं । संसद्मा देखिएको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।
बजेट ल्याउने दिन नजिकिँदा पनि संसद् खुल्ने स्थिति नभएपछि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवासमा पुगेका थिए ।
दाहाल र देउवाबीच वान टु वान वार्ता भएको थियो । वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने काँग्रेस सांसद जीवन परियार बताए ।
उनले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताए । उनले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको बताए । शीर्ष दलका नेताहरुको बैठक आईतवार साँभm वा सोमवार बिहान पुनः बसेर निस्कर्षमा पुग्ने बताए ।
आज एमाले, कांग्रेस र माओवादीका तीन शीर्ष नेता बालुवाटारमा बिहान ९ बजे भेट्ने तय भएको थियो । तर, स्वास्थ्यको कारण देखाएर देउवाले असमर्थता व्यक्त गरे । उनले बरु आफ्नै निवासमा भेट्न बोलाएका थिए । उनको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ गएका हुन् । ओली भने गएनन् ।