काठमाडौं । धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको अभियोगमा कान्तिपुर पब्लिकेसनका मालिक कैलाश सिरोहिया पक्राउ परेका छन् । गत मंगलबार काठमाडौंबाट पक्राउ परेरका उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् ।
नागरिकतासम्बन्धि अभियोगमा उनलाई पक्राउ गर्नु अघि नै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा विरोध गरेको थियो ।
उसले ‘आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे सैह्य नहुने पनि बताएको छ ।
गत मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्री समेत रहेका सांसद बन्द्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही गर्न खोजे आफूहरू मौन नबस्ने चेतावनी समेत दिएका थिए ।
‘कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको भर्खरै सुन्नमा आएको छ । कानूनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ । तर, आग्रह पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन ।’ उनको भनाइ थियो ।
आफूलाई पक्राउ गर्न कार्यालय परिसरमा प्रहरी आएको थाहा पाएपछि त्यति बेलै सिरोहियाले कानुनअनुसार हुने अनुसन्धानमा आफूले सहयोग गर्ने बताइरहँदा पनि गृहमन्त्री र सरकारले प्रतिशोधको भावनाबाट प्रेरित भएर पक्राउ गरिएको आरोप लगाएका थिए।
त्यस लगत्तै कांंग्रेसका दर्जन सांसद कान्तिपुरको कर्पोरेट कार्यालय पुगेर सिरोहियाको दाबीमा ऐक्कवद्धता जनाएका थिए । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित कांग्रेस सांसदहरू राजेन्द्र बजगाईँ, दीपक गिरी,राजु थापालगायत थापाथलीस्थित कान्तिपुरको कर्पोरेट कार्यालयमा पुगेका थिए। उनीहरुले कान्तिपुरविरुद्ध गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध लिएको बताएका थिए ।
आफूलाई पक्राउ पुर्जी जारी हुनुको कारणबारे सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि लगाउँदै आएको आरोपमा उनीहरुले हो- हो थपे ।
यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवादेखि महामन्त्रीद्धयलगायत अधिकांश कांग्रेसका नेताहरु गृहमन्त्रीको विरोधका नाममा न्यायलयप्रति दबाब र सिरोहियाको मोहमा छन् । अदालतको अनुमतिले नागरिकता सन्बन्धि संवेदनशिल कसुरमा पक्राउ परेका सिरोहिया प्रतिशोधको कारण पक्राउ गरिएको भन्दै कांग्रेस जस्तो जिम्मेवारपूर्ण पार्टीले निष्पक्ष छानविनमा अदालत र प्रहरीलाई असहयोग गर्नुको पछाडि कान्तिपुर, कान्तिपुरका मालिकप्रति कांग्रेसको के स्वार्थ छ भनेर सर्वसाधारणले विरोध जनाउन थालेका छन् ।
कांग्रेस नेता शेखर कोइरालले पनि सिरोहियामाथि गृहमन्त्री लामिछाने प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
‘आफु दोहोरो पासपोर्ट लिंदै हिंड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानविन हुन नदिने तर ३ दशकदेखि सुचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।’ उनले भनेका छन् ।
प्रहरी हिरासतमा रहेका सिरोहियालाई भेट्न बिहीबार मात्र कांग्रेस नेता बिमलेन्द्र निधि जिल्ला प्रहरी कार्यालय धनुषा पुगे ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियासँग भेटघाटपश्चात् नेता निधिले वर्तमान गृहमन्त्री रवि लामिछाने प्रतिशोध साँध्न सिरोहियामाथि झुटो मुद्दामा पक्राउ गरेको आरोप समेत लगाए। पूर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले सिरोहियामाथि लगाइएका आरोपहरू निराधार र त्रुटिपूर्ण रहेको दाबी गरे।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको भनिएका गृहमन्त्री रवि लामिछानेबारे कान्तिपुरले प्राथमिकता दिएर समाचार प्रकाशन गरेपछि बदलाको भावनाले सिरोहियालाई पक्राउ गर्न लगाइएको नेता निधिको भनाइ थियो।
अदालतमा विचाराधीन त्यहाँमाथि नागरिकता कीर्ते जस्तो अभियोजनमा पक्राउ परेका व्यक्ति उपर निधिले के कारण यति कन्फिडेन्सका साथ यस्तो बोले । के उनी सिरोहियाका हरेक गतिविधिको ग्यारेन्टी लिन सक्छन् ? भन्नेहरुको जमात पनि बढ्दै गएको छ । अदालतले दिएको पक्राउको अनुमतिलाई किन यसरी विषयान्तर गरिँदै छ ? नागरिकतामा कैफियत देखिएपनि उनीमाथि छानविन नै नहुनुपर्ने हो ?
कांग्रेसलाई सिहोरिहा मोहको कारण पर्दा पछाडि मात्र होइन अगाडि नै प्रष्ट छ । रवि लामिछाने गृहमा रहिरहे त्यसको सबैभन्दा ठूलो जोखिम कांग्रेसलाई हुने उसले देखेको छ । उसलाई रविलाई गृहमन्त्रीलाई हटाएर आफ्नो दलमा पर्न सक्ने भ्रष्टाचारका फाइल खोल्नबाट रोक्नुछ । भन्दा सबै फाइल खोल्न कांग्रेस तयार छ भनिएपनि त्यसको पराकम्प कति हुन्छ र कहाँ कहाँ जान्छ भन्ने कांग्रेसलाई राम्रो हेक्का छ ।
प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गरेको विषयमा मिडिया सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन्।
यता सिरोहियाको गिरफ्तारी समाचार र प्रेससँग जोडेर हेर्न नहुने पनि आवाज उठ्न थालेको छ । ठूला भनिएका प्रेसजगत, मिडियाकर्मीले पनि सिरोहिया पक्राउको विरोध गरिरहेका बेला नागरिकताको जघन्य विषयमा अनुसन्धान हुनु स्वाभाविक भएको टिप्पणी हुन थालेको छ ।
नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रसारक सङ्घ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लगायतका सञ्चार तथा नागरिक समाजसम्बद्ध संस्थाले सिरोहिया पक्राउको विरोध जनाएका छन्। तर, सिरोहिया अदालतको अनुमतिमा पक्राउ परेका हुन् । यसलाई प्रेससँग जोडेर विषयान्तर गर्न खोज्नु आफैंमा कति जायज होला ? कैलाशको पक्राउसँग कसैगरी पनि नजोडिने विषयलाई अतिरञ्जित बनाएर नेपाली प्रेसले मूल धर्म बिर्सिएर फेरि एक पटक विधिलाई भन्दा व्यक्तिलाई माथि राख्न खोजेको आरो लाग्न थालेको छ । सञ्चार सम्बद्ध कम्पनीको अध्यक्ष भएका कारण नभएर साथै सञ्चारमाध्यममा आएका समाचारका कारण नभएर उनी नागरिकता कीर्ते गरेको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरीले यसअघि अदालतमा पेस परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।
उनलाई पक्राउ गर्नुको कारण खुलाउँदै प्रहरीले पेस गरेको अर्को कारणमा जिल्ला प्रशासन कार्यालय धनुषाको अभिलेखमा सिरोहियाका दाजु र दिदीहरूको नागरिकता अङ्गीकृत रहेको पाइएको र उनको जन्मसिद्ध नागरिकता रहेको देखिएको उल्लेख छ।
प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरिएको आशङ्का गरेको छ। साथै जन्ममिति र नागरिकता लिँदाको उमेर पनि मेल नखाएको प्रहरीको आरोप छ। साथै उनले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजपत्रहरूको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ।
सिरोहियाले भने आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन्।
सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले सिरोहियालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो ।
सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।