शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

शुक्रबार, जेष्ठ ११ २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

कांग्रेसको अवरोधले निरन्तर विथोलिएको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । तर संसदमा कांग्रेस लगायतका विपक्षी दलहरुको विरोध जारी रहेकाले नीति तथा कार्यक्रम सहज रुपमा पारित हुन्छ वा विरोधकाबीच बहुमतले पारित हुन्छ भन्ने विषय चासोका रुपमा हेरिएको छ।

संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ।