काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ।
सिंहदरबारमा आज बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा ९एमाले०, रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबिच छलफल भएको थियो।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार बिहान ८स्३० बजे पुनस् बैठक बस्ने जानकारी दिए।
उनकाअनुसार संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्ने वा नलेख्नेबारे सत्ता र प्रतिपक्षीबिच अझै सहमति जुटिसकेको छैन।