शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

बुधबार, जेष्ठ ९ २०८१

काठमाडौं । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदरलगायतको माग गर्दै  सर्वोच्चमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ ।

गत बैशाख २८ गते कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

सोही आव्हानपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति बदर र संविधान अनुसार आफ्नो पदमुक्त हुने व्यवस्था नभएकाले मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग गरिएको छ ।

२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।