मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

अर्थमन्त्री पुनको सम्पत्ति : खातामा ३३ लाख र रोल्पामा झण्डै डेढ रोपनी पैतृक जग्गा

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

उनले सरकारलाई बुझाएको आर्थिक वर्ष २०८०/०८१ को विवरणमा रोल्पामा ८ सय २० वर्गमिटर अर्थात झण्डै डेढ रोपानी जग्गा र खातामा ३३ लाख रुपैयाँ रहेको देखाएका छन् ।

मन्त्रिपरिषदको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एनएमबि बैँकको पुल्चोक शाखामा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रिको सम्पत्ति विवरणा सार्वजनिक गरेको हो ।

उनले यो रकमको प्राप्तिको स्रोत तलब भत्ता र भ्रमण भत्ता समेत देखाएका छन् ।

चल सम्पत्ति अन्तर्गत सुन, चाँदी,हिरा र जवाहरात विवरणमा उल्लेख छैन । अर्थमन्त्री पुनको ऋण समेत छैन ।

सवारी साधनको रुपमा बा ००१ अ ०००९ हलुका सवारी साधन पार्टीको सम्पत्ति रहेको अर्थमन्त्री पुनले भरेको विवरणमा उल्लेख छ ।

पुनको विवरणमा कतै सेयर,धितोपत्र, ऋणपत्रमा समेत लगानी छैन ।