शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको भन्दै संसदमा कांग्रेसले जनायो आपत्ति

मंगलबार, जेष्ठ ८ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोबारे आपत्ति जनाएको छ ।

आज बसेको संसद्को बैठडकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले आपत्ति जनाएका  हुन् ।

उनले कसैलाई प्रतिशोधका आधारमा पक्राउ पूर्जी जारी गरिनु कांग्रेसका लागि सैय नहुने चेतावनी दिए । ‘नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन कसैलाई पनि सहँदैन हैक्का होस्’ उनले भने ।

नागरिकता किर्ते गरेको कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।