शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोशी प्रदेशमा सरकार विस्तार

शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ, र झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

नव नियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।