बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

गायक रवि ओड धरौटीमा छुटे

शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । गायक ओड बिहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा रिहा भएको कञ्चनपुर प्रहरीले बताएको छ ।

‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्

ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।