काठमाडौं । नेपालकी श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन्
फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा एसियाबाट काठमाडौँकी श्रेया परेकी हुन् ।
फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा २८ वर्षीया श्रेया सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी छन् ।
उनी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक समेत हुन्। लन्डनमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी छन् ।
यो संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ ।