शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामग्री

बिहिबार, जेष्ठ ३ २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामग्री प्रदान गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा प्रिन्सलाई खेल सामग्री हस्तान्तरण गर्नुभयो । प्रिन्सलाई र्‍याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरियो ।

सदस्य(सचिव घिसिङले खेल सामग्री प्रदान गर्नुअघि माग गरेअनुसारको गुणस्तरको छ कि छैन भनी प्रिन्ससँग यकिन गरेपछि मात्र सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रिन्स केही दिनअघि वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकका लागि छनोट हुनुभएको थियो । कुनै पनि ग्रिष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको यो पहिलो अवसर हो ।