काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।
जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई सफाइ दिएको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
मंगलबार र बुधबार दुवै पक्षको बहस सुने पश्चात उनीहरु होटल प्रवेश गर्दा र निस्किँदाको सीसीटीभी फुटेज पनि हेरिएको थियो ।
त्यसपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
उच्च अदालतको यो फैसलासँगै टी-२० विश्वकपमा सहभागी हुने सन्दीपलाई बाटो खुलेको छ ।