बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

बुधबार, जेष्ठ २ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल चलिरहेको छ ।

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै अध्यष ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका हुन्।

यसअघि आज बिहान प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको थियो। सदनको अवरोध हटाउने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले गृहमन्त्री लामिछानेसँग छलफल गरेको बुझिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गरेको छ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछाने भने संसदमा आफूले सम्बोधन गर्न पाउनुपर्ने र त्यसपछि समितिबारे छलफल गर्न सकिने बताउँदै आएका छन्।

छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । प्रतिनिधिसभाको बैठक भोलि विहान ११ बजेको लागि बोलाईएको छ।