काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
यसअघि सोमबार बस्ने तय भएको संसदीय दलको बैठक आज बिहान ८ बजे बस्ने गरी सारिएको हो ।
आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
कांग्रेसले सहरकारीको रकम घोटाला प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गर्दै आएको छ । त्यसका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले संसद अवरुद्ध पारिरहेको छ ।
तर, सत्तारुढ दलहरू संसदीय छानबिन समिति बनाउन तयार नहुँदा संसद अवरुद्ध भएको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति कार्यक्रम प्रस्तु गर्ने कार्यक्रम रहेकाले कांग्रेस र सरकार दुवै दबाबमा परेका छन् ।