काठमाडौं । जनता समाजवादी पार्टी नेपाल गैरकानूनी रूपमा विभाजन गरी दल दर्ता गरेको भन्दै रिट दायर भएको छ । अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं निवेदक भएर सोमबार दिउँसो सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
रिट सुनुवाइका लागि जेठ २ गते पेशी तोकिएको छ । आयोगले दल दर्तासम्बन्धी गरेको निर्णय गैरकानूनी रहेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दिइएको हो ।
निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ । गत आइतबार राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको थियो ।