बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि सोमबार बिहान राजीनामा दिएका छन्।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्न लागिएको छ।