काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरी भोलिका लागि सारिएको कांग्रेसले जनाएको छ ।
आज स्थगित भएको संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आज पार्टीभित्र आन्तरिक छलफल जारी राख्ने र संसदीय दल कार्यसमिति, संसदीय दलको बैठक भोलि बिहान ८ बजेका लागि तय भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर सत्तापक्ष कुनै हालतमा संसदीय छानबिन समिति नबनाउने अडानमा छ ।