शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

जसपाले सरकारमाथिको समर्थन फिर्ता लिने, उपेन्द्र यादवले राजीनामा दिने

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आज बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाले जनाएको छ ।

आइतबार बिहान जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भएको थियो । सो भेटपछि जसपा सरकार छाड्ने र समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो ।

अध्यक्ष यादवले सोमबार राजधानीमा बस्नेगरी पार्टीको कार्यकारिणी बैठक डाकेका छन् ।

यता मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ । जसका कारण केन्द्र सरकारमा जसपा नेपाल बाहिरिन बाध्य भएको छ ।

आज केन्द्रीय समिति बैठक बसेर सो बारे थप परिपक्क निर्णय लिने र राजीनामा दिने अध्यक्ष उपेन्द्र यादवको तयारी छ ।