बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कांग्रेसको संसदीय दलको बैठक बस्दै

सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने निर्णय गर्ने

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।

कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग भएको छलफल सकारात्मक रहेको बताएको छ ।