जसपा नेपालको सरकार ढल्ने निश्चित
काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ ।
त्यसका लागि अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको पदाधिकारी बैठक बसिरहेको छ ।
एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले दलको पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिनुभयो ।
यसअघि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि माओवादीका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।
उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा दिनुभएको हो । उहाँहरूले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाउनु भएको हो ।
एमाले र माओवादी दुवै सरकारबाट बाहिरिए मधेस प्रदेशमा जसपा नेपालको सरकार ढल्ने निश्चित छ ।
मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् । यो संख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो ।