काठमाडौं । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु दबाबमा खेल्दैछन्। आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली मुम्बईजस्तै लगभग आउट हुनेछन्। खेल धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।
जारी सिजनको आईपिएलमा आजको ५८ औं खेल हो।
आजको खेल पञ्जाब र बैंगलोर दुवैको सिजनको १२ औँ खेल हुनेछ। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन्। राम्रो रन रेटका कारण बैंगलुरु सातौँ र पञ्जाब आठौँ स्थानमा छ।
पञ्जाब र बैंगलुरबिच अहिलेसम्म ३२ वटा आईपीएल खेल भएका छन् । १७ मा पञ्जाब र १५ मा बैंगलुरु विजयी भएको छ।
यो सिजन पञ्जाब र बैंगलुरुबिचको दोस्रो खेल हुनेछ। पछिल्लो खेलमा बैंगलोर ४ विकेटले विजयी भएको थियो।