शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

बिहिबार, बैशाख २७ २०८१

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका–९ बस्ने २६ वर्षीय नरेश बिश्वकर्मा र भोजपुर हतुवागढी गाउँपालिका–९ घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका–७ बस्ने ३० वर्षीय सामुएल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ८६९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ१ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने२५ वर्षीय उमेश राना र१९ वर्षीय रूस्तम राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ२ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरास्थित हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ६ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–३ गंगोलीया बस्ने २३ वर्षीया जानकी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।